पहिलो पटक चार नेपाली महिलाले धौलागिरी आरोहण गर्दै
गोरखापत्र अनलाइन
बैशाख १३, २०७८ सोमबार
पहिलो पटक चार नेपाली महिला आरोहीले धौलागिरी हिमालको आरोहण गर्ने भएका छन् । अन्नपूर्ण आरोहण गरेका मध्ये माया शेर्पा, पुर्णिमा श्रेष्ठ, पासाङ ल्हामु शेर्पा (अकिता) र दाफुटी शेर्पाले धौलागिरीको आरोहण गर्ने भएका हुन् । गत वैसाख ३ गते पहिलो पटक अन्नपूर्ण (पहिलो) हिमालको (८०९१ मिटर) ६ जना नेपाली महिलाले पहिलो पटक आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।