क्यानडामा १७ प्रतिशत बालबालिका गरिबीमा
रासस / सिन्ह्वा
मंसिर ९, २०७८ बिहीबार
तेह्र लाख क्यानेडेली बालबालिकाहरू गरिबीमा बाँचिरहेको अभियान २००० नामक संस्थाले बुधबार जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। यो सङ्ख्या कुल बालबालिकाको १७.७ प्रतिशत हो ।
प्रतिवेदनका अनुसार ती बच्चाहरूले आधारभूत आवश्यकताको परिपूर्ति समेत गर्न नपाएको जनाइएको छ। व्यवस्थित खानपान, सुकिला लुगाफाटो, पारिवारिक सन्तुलन, बाबुआमाको आम्दानीलगायतका शीर्षकका आधारमा उक्त अध्ययन–अनुसन्धान गरिएको थिए जसमा प्रायः...