चीनद्वारा इराकका सबै पक्षलाई सरकार निर्माणमा सघाउन आग्रह
रासस / सिन्ह्वा
मंसिर ८, २०७८ बुधबार
इराकका सबै पक्षलाई हिंसा रोकेर सरकार निर्माणको काममा सहयोग गर्न चीनले आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ सहायक स्थायी प्रतिनिधि चेङ सुआङले सो धारणा राख्नुभएको हो ।
उहाँले इराकले सम्पन्न गरेको आमनिर्वाचनप्रति पनि खुशी व्यक्त गर्नुभएको थियो । उहाँले इराकले शान्तिपूर्ण रुपमा र आम सहभागितामा गरेको निर्वाचन प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।