भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो
रासस / सिन्ह्वा
कार्तिक १२, २०७८ शुक्रबार
भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ ।