चीनसँग पुनर्मिलन बाहेक ताइवानको कुनै भविष्य छैन : विदेशमन्त्री वाङ यी
रासस / एएनआई
कार्तिक १३, २०७८ शनिबार
चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन गर्नु बाहेक अर्को कुनै विकल्प नभएको र चीनको हिस्सा हुनु बाहेक यसको कुनै अन्तर्राष्ट्रिय कानुनी हैसियत पनि नभएको बताएका छन् ।
संयुक्त राष्ट्र संघमा ताइवानको ‘अर्थपूर्ण सहभागिता’को लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रिया स्वरूप उनले यस्तो टिप्पणी गरेका हुन् । रोममा हुने G20 शिखर सम्मेलन अघि वाङ यीले अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न...