महामारीले क्षति पु-याएको आर्थिक क्षेत्रलाई सहुलियत दिने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता
रासस / सिन्ह्वा
आश्विन २४, २०७८ आईतवार
जापानी प्रधानमन्त्री फुमिओ किसीदाले जापानको आर्थिक विकासमा आफूले गति दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले जापानमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको अवस्थामा आफूले परिवर्तन ल्याउने बताउनुभयो । उहाँले जापानमा आम निर्वाचनको अभियानको शुरुवात गर्दै सो कुरा बताउनुभएको हो ।