भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम
रासस / एएनआई
आश्विन २३, २०७८ शनिबार
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ । अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि सात महिना पछिकै सवैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका...