भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित
रासस / एएनआई
आश्विन १७, २०७८ आईतवार
भारतमा कोरोनाभाइरसबाट थप २२ हजार ५०० भन्दाबढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण शनिबार थप २४४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ८१७ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८४२ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन शनिबार बिहान सार्वजनिक जानकारीअनुसार एक दिनमा २४ हजार ३५४ जना नयाँ सङ्क्रमित...