७८ देशद्वारा राष्ट्रसङ्घको जातिवाद विरोधी घोषणाको शीघ्र कार्यान्वयनका निम्ति आग्रह
रासस / सिन्ह्वा
आश्विन १५, २०७८ शुक्रबार
डर्बन घोषणा र कार्य कार्यक्रम (डीडीपीए) को यथाशीघ्र कार्यान्वयन गर्न र भेदभाव, नस्लवाद र जेनोफोबियाको अन्त्य गर्न चीनसहितका ७८ देशहरूले बिहीबार आह्वान गरेका छन्।
ती देशहरूले संयुक्त वक्तव्य जारी गर्दै जातीय भेदभाव, सामाजिक पूर्वाग्रह, प्रहरीको ज्यादती र सामाजिक असमानता बारे गहिरो चिन्ता व्यक्त गरेका छन्। यस वर्ष डीडीपीएको वीसौं वार्षिकोत्सव हो ।