भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या छ महिनापछिकै सबैभन्दा थोरै
रासस / एएनआई
आश्विन ६, २०७८ बुधबार
भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या छ महिना पछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख एक हजार ९८९ पुगेको छ । यो सङ्ख्या १८६ दिनपछिकै सबैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।