‘तालिबानले कारजाई, अब्दुल्लाह र बरादरलाई शासन सञ्चालन गर्ने परिषद्मा राख्यो’
गोरखापत्र अनलाइन
भाद्र ८, २०७८ मंगलवार
तालिबानले अफगानिस्तानका पूर्ब राष्ट्रपति हामिद कारजाई, राष्ट्रिय मेलमिलापका परिषद्का प्रमुख अब्दुल्लाह अब्दुल्लाह र तालिबानका सह संस्थापक अब्दुल घानी बरादरलाई १२ सदस्यीय परिषद्मा समावेश गरेको छ । स्रोतका अनुसार १२ सदस्यीय परिषद्ले सत्ता सञ्चालन गर्ने बताइएको छ ।
तालिबानको १२ सदस्यीय परिषद्मध्ये सात जनाले यसअघि नै आफू परिषद्मा बस्ने सहमति जनाइसकेका छन् । तालिबानका एक जना वरिष्ठ सदस्यलाई उद्धृत गर्दै रुसी समाचार...