logo
२०८१ मंसिर १४ शुक्रवार



‘तालिबानले कारजाई, अब्दुल्लाह र बरादरलाई शासन सञ्चालन गर्ने परिषद्मा राख्यो’

अन्तर्राष्ट्रिय |


‘तालिबानले कारजाई, अब्दुल्लाह र बरादरलाई शासन सञ्चालन गर्ने परिषद्मा राख्यो’
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ८ गते । तालिबानले अफगानिस्तानका पूर्ब राष्ट्रपति हामिद कारजाई, राष्ट्रिय मेलमिलापका परिषद्का प्रमुख अब्दुल्लाह अब्दुल्लाह र तालिबानका सह संस्थापक अब्दुल घानी बरादरलाई १२ सदस्यीय परिषद्मा समावेश गरेको छ । स्रोतका अनुसार १२ सदस्यीय परिषद्ले सत्ता सञ्चालन गर्नेछ ।
तालिबानको १२ सदस्यीय परिषद्मध्ये सात जनाले यसअघि नै आफू परिषद्मा बस्ने सहमति जनाइसकेका छन् । तालिबानका एक जना वरिष्ठ सदस्यलाई उद्धृत गर्दै रुसी समाचार संस्था स्पुतनिकले १२ सदस्यीय परिषद्ले अफगान सरकार सञ्चालन गर्ने उल्लेख गरेको छ । राष्ट्रपति र एमिरेट बाहेक परिषद्मा १२ सदस्य रहनेछन् । काउन्सिलमा तालिबानका संस्थापकका छोरा मूल्लाह याकूब, अब्दुल घानी बरादर, आतङ्कवादी समूह हक्कानी नेटवर्कका वरिष्ठ सदस्य खलिल–उर–रहमान, डा. अब्दुल्लाह अब्दुल्लाह, हामिद कारजाई, हनिफ आत्मर र गुलबद्दीन हकमतार परिषद् सहमत भएको बताइएको छ ।
परिषद्मा रहने पाँच जना सदस्य नियुक्तिको विषय छलफलमा रहेको छ । अफगानिस्तानको राष्ट्रिय सेनाका मार्शल अब्दुल राशिद दोस्तुम र बल्ख प्रान्तका पूर्ब गर्भनर अत्ता मोहम्मद नूर भने परिषद्मा आबद्ध हुनुहुने छैन् । अगष्ट १५ मा काबुललाई नियन्त्रणमा लिएपछि तालिबानले नयाँ सरकार गठनको कसरत गरिरहेको छ । स्पुतनिकले भने तालिबानले परिषद् सम्बन्धमा हालसम्म कुनै प्रतिक्रिया भने दिएको छैन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?