युएइमा गरेको मिसाइल हमलाको हुथीद्वारा जिम्मेवारी
रासस / सिन्ह्वा
माघ १७, २०७८ सोमबार
यमनका हुथी विद्रोहीहरुले युनाइटेड अरब इमिरेट्स, युएइमा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएको छ ।
हालैमात्र यमनको युएइको सीमा क्षेत्रनजिकै मिसाइल हमला भएको थियो । हुथी विद्रोहीहरुले सञ्चालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत् उनीहरुले सो हमलाको जिम्मेवारी लिएका हुन् ।