अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै
रासस / सिन्ह्वा
माघ १९, २०७८ बुधबार
अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएको छ । बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ ।
राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो ।