चिनियाँ एप्समा भारतको प्रतिबन्धपछि चीनद्वारा चासो व्यक्त
रासस / एएनआई
असार १६, २०७७ मंगलवार
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले भन्नुभयो, “चिनियाँ एपमाथि भारतद्वारा गरिएको प्रतिबन्धप्रति चीन गम्भीर चासो व्यक्त गर्दछ । हामीले यो कुरामा जोड दिन चाहन्छौँ कि चीन सधैँ आफ्ना व्यवसायीलाई अन्तर्राष्ट्रिय तथा स्थानीय कानूनको पालना गर्न आग्रह गर्दै आएको छ र भारतले पनि चिनियाँ लगायत अन्तर्राष्ट्रिय लगानीकर्ताको कानूनी अधिकारको संरक्षण गर्ने जिम्मेवारी रहन्छ ।”