अमेरिकामा चौबिस घण्टामा चार महिनायताकै उच्च सङ्क्रमित
गोरखापत्र अनलाइन ,
असार १३, २०७७ शनिबार
अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार बिहीबार चौबिस घण्टामा ४० हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । यसअघि २४ अप्रिलमा सबैभन्दा बढी ३६ हजार ४०० कोरोनाका बिरामीको पुष्टि भएको थियो । अमेरिकामा २४ लाखभन्दा बढी कोरोना सङ्क्रमित छन् । एक लाख २२ हजार ३७० जनाको कोरोनाले मृत्यु भइसकेको छ ।