सत्र सदस्यमा ११ सङ्क्रमित भयौँ, रातभरमै घर अस्पताल बन्यो
गोरखापत्र अनलाइन ,
जेष्ठ ३०, २०७७ शुक्रबार
अप्रिल २४ मा ५७ वर्षीय काकालाई ज्वरो लागेपछि मुकुल गर्ग चिन्तित देखिएन । ४८ घण्टाभित्र १७ जना सदस्य रहेको उहाँको परिवारका दुई जना थप बिरामी परे । लक्षणले केही सङ्केत गर्दै थियो । शरीरको तापक्रम बढ्दै गयो । खोकी र कफले आवाज शिथिल हुन थाल्यो ।