logo
२०८१ असोज ८ मंगलवार



५० हजार वर्ष पुरानो ताल अचानक गुलाबी भयो

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


५० हजार वर्ष पुरानो ताल अचानक गुलाबी भयो


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ३० गते । “के कारणले तालको रङ्ग गुलाबी हुन गयो ?”
पछिल्लो दिनमा भारतको महाराष्ट्र राज्यस्थित लोनार तालले आफ्नो रङ्ग परिवर्तन गरेपछि सर्वसाधारणको मस्तिष्कमा उब्जेको प्रश्न हो यो । विज्ञहरूका  पानीमा लवणको मात्रा बढेर, लेउको उपस्थिति वा दुवैको मिश्रणले अनुसार तालको रङ परिवर्तन भएकाे हुनसक्छ । अष्ट्रेलियाको हिलर तालमा पनि उक्त कारणले नै रङ परिवर्तन भएको हो ।
एक जना स्थानीय भूगर्भविद् गजानन खरतका अनुसार यस प्रकारको बदलाब यसअघि पनि अवलोकन गरिएको छ । तर अहिलेको जस्तो गाढा हैन । उहाँले तालको दृश्य महाराष्ट्र पर्यटनको ट्वीटर फिडमा समेत साझा गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “यस वर्ष ताल रातो देखिनुको कारण लवणको मात्रा बढेर हुनसक्छ ।” तालमा पानीको सतह घटेको छ । खोक्रो भएर लवण माथि आएर आन्तरिक बदलाव देखिएको हुनसक्ने खरतको दाबी छ । खरतका अनुसार अनुसन्धानकर्ताले रातो लेउको उपस्थितिले पानी रातो भएको हो की अनुसन्धान भइरहेको छ ।
तालको पानीको नमूना प्रयोगशाला पठाइएको छ । खरतले प्रयोगशालाबाट आउने निचोडले तालको पानीको रङमा भएको परिवर्तनको कारण सतहमा ल्याउने बताउनुभयो । उक्त ताल महाराष्ट्र राज्यको मुम्बईबाट करिब पाँच सय किलोमिटर पूर्वमा पर्छ । सीएनएनका अनुसार करिब ५० हजार वर्षअघि उल्का पिण्ड पृथ्वीमा खस्दा उक्त ताल बन्न गएको हो । उक्त तालको अध्ययनका लागि विश्वभरिका वैज्ञानिकहरू ताल भएको स्थानमा पुग्दै आएका छन् ।
(सीएनएनका लागि ऋषि एंगर र सुगम पोखरेलले तयार गर्नुभएको रिपोर्टको अनुवादित अंश)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?