दक्षिणी सुडानमा बाढीका कारण दुई लाख मानिस विस्थापित
दक्षिणी सुुडानमा आएको भिषण बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित हुनुपरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
मस्जिदमा भएको विस्फोटमा २८ को मृत्यु
अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबै प्रार्थनाका लागि मस्जिद भएका भक्तजन रहेको र अरु पनि कैयाँै घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
उत्तरी सिरियामा पाँच दिने युद्धविरामको घोषणा, ट्रम्पद्वारा स्वागत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गर्नु भएको छ ।
इयू र बेलायतबीच नयाँ सहमति
युरोपेली संघबाट बेलायत बाहिरिनेबारेमा युरोपेली संघ (इयु) र बेलायतले नयाँ सम्झौताका लागि सहमति भएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत् नयाँ सम्झौतामा पुगेको संघका अध्यक्ष क्लाउड यङ्कर र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जानकारी गराउनुभएको छ ।
सिरियाबाट सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह
अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ ।