logo
२०८१ असोज ३ बिहीवार



मस्जिदमा भएको विस्फोटमा २८ को मृत्यु  

अन्तर्राष्ट्रिय |


मस्जिदमा भएको विस्फोटमा २८ को मृत्यु  


जलालावाद, अफगानिस्तान,  कात्तिक १ गते । अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ ।    
    
मृत्यु भएका सबै प्रार्थनाका लागि मस्जिद भएका भक्तजन रहेको र अरु पनि कैयाँै घाइते भएको अधिकारीहरूले जनाएका छन् ।    
    
मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका वेला मस्जिद परिसर नजिकै विस्फोट भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।    
    
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अनपेक्षित हिंसा भइरहेको प्रतिक्रिया दिएको भोलिपल्ट विस्फोटनको यो ठूलो घटना भएको हो ।    
    
प्रत्यक्षदर्शीहरूले कम्तीमा ५५ जना घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको जानकारी दिएका छन् ।    
    
अस्पतालका एक चिकित्सकले झण्डै ३२ शव ल्याइएको र अन्य ५० भन्दा बढी घाइते भएको बताएका छन् ।    
    
देशको नान्गाहार प्रान्तको राजधानी जलालावाददेखि झण्डै ५० किलोमिटर टाढा पर्ने हास्का मिना जिल्लामा रहेको मस्जिदमा विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोज्यानीले एएफपीलाई बताउनुभयो ।    
    
उहाँले पनि मृत्यु भएका सबै र घाइते भएका अधिकांश मस्जिदमा प्रार्थना गर्न आएका भक्तजनहरू रहेको जानकारी दिनुभयो ।    
    
घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । तर नान्गाहार प्रान्तमा तालिवान लडाकू र इस्लामिक स्टेट (आईएस) लडाकूहरू हिंसात्मक कार्यमा सक्रिय छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?