सभामुखको उम्मेदवार चयन गर्न नेकपा सचिवालय बैठक शुरु
गोरखापत्र अनलाइन ,
माघ ५, २०७६ आईतवार
प्रतिनिधिसभाका रिक्त सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न शुरु भएको छ ।
सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा गत पुस ११, १६ र २७ गतेका प्रतिनिधिसभाका बैठक स्थगन भई सोमबारका लागि तोकिएको छ ।