सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्यो, उपत्यकामा मात्रै ४२ हजार
सिर्जना खत्री
माघ ७, २०७८ शुक्रबार
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ पुगेको छ । उपत्यकाका तीन जिल्लामा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ हजार ५६ रहेका छन् । काठमाडौं जिल्लामा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ६८८ पुगेको छ । ललितपुरमा सात हजार १४५ र भक्तपुरमा चार हजार २२३ सक्रिय सङ्क्रमित रहेका छन् ।