मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री
गोरखापत्र अनलाइन
पुष १९, २०७८ सोमबार
प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार आयोजना गरेको मानव अधिकार पुरस्कार वितरण गर्दै उक्त कुरा बताउनुभयो ।