प्रतिनिधिसभा अवरुद्ध हुँदा जनतामा निराशाको खतरा बढ्यो : सभामुख सापकोटा
गोरखापत्र अनलाइन
पुष ७, २०७८ बुधबार
सभामुख अग्निप्रसाद सापकोटाले लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदा जनतामा निराशाको भाव पैदा हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले)ले लगातार अवरोध गर्दा जनतामा निराशाको खतरा बढेको भन्दै उहाँले आफ्ना भनाइ राख्दा लोकतान्त्रिक अभ्यासलाई ख्याल गर्न आग्रह गर्नुभएको छ ।