एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने नेकपा एसको निर्णय
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७८ आइतवार
नेकपा (एकीकृत समाजवादी) पार्टीले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ।
आइतबार बसेको नेकपा एसको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणामार्फत् एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको नेता गंगालाल तुलाधरले जानकारी दिनुभयो।