पाँचखालमा ‘जियोफिजिकल सर्भे’सकियो,पुरातात्विक सम्पदाको प्रचुर सम्भावना
रासस
चैत्र १६, २०७७ सोमबार
पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्भे’ ९भू–भौतिकी सर्वेक्षण० को काम सकेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गरेको सर्भेबाट ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाएको छ ।
पाँचखाल–७ स्थित सिमाली, बासुकी स्थान, माल्टार, कन्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासको क्षेत्रमा सर्भे गरिएको...