केरा व्यवसायमा रमाउँदै भट्टराई : १२ वर्षको निरन्तर प्रयासले बने सफल व्यवसायी
गोरखापत्र अनलाइन
चैत्र २३, २०७७ सोमबार
रत्ननगर १४ जयमंगलाका कृषक वेदप्रसाद भट्टराई केराको व्यावसायिक खेती गर्ने चितवनका दश कृषक मध्येमा गनिनुहुन्छ । जागिरे जीवनबाट विश्राम लिएर आफ्नै व्यावसायिक यात्रामा निस्कनुभएको उहाँ १२ वर्षमा सफल व्यावसायिक कृषक बन्नुभयो ।
व्यवस्थापनमा स्नातक गर्नु भएका भट्टराईले पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको नमूना आवासीय माविमा शिक्षण पेशा शुरु गर्नुभयो । त्यसपछि अक्सफोड कलेज, रोयल सेन्चुरी होटलको एकाउण्टेन हुँदै...