गोठेमल र गौमूत्रको प्रयाेगले ४० वर्ष रानो बोटमा सुन्तला लटरम्मै
गोरखापत्र अनलाइन
चैत्र १, २०७७ आईतवार
मकै र कोदो फल्ने बारीमा दुःख गर्दा छ महिना खान पनि मुस्किल पर्थो तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका कृषकका लागि । केही समय अघिसम्म दुःख गरे पनि सुख नपाएका उमाचोका कृषक यतिबेला सुन्तला बेचेर लखपति बनेका छन् ।
सुन्तलाको बोटबाट मनग्गे आम्दानी हुन थालेपछि कृषकले गोठेमल र गौमुत्रको प्रयोग गरी पुरानो सुन्तालको बोटलाई संरक्षण गर्न थालेका छन् । सुन्तलाको बोट वरीपरी वर्षमा दुई पटक गरी छ डोको मल , जरा, पात तथा हाँगामा...