महबाट २० लाख आम्दानी गर्दै लीलबहादुर
रासस
चैत्र ३, २०७७ मंगलवार
कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त हुनुहुन्छ । कोहलपुर नगरपालिका–६ निवासी राणा र उहाँका कान्छा छोरा घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउनु हुन्छ । मौरीहरुको आधार चाका हेरचाह गर्दै उहाँहरुको दिनचर्या बित्छ ।
मौरीलाई आधार चाका दिँदा वर्षमा रु एक लाखको दुई...