गति लियो खुलालु पुलले, करिडोरको यात्रा सहज हुने
गोरखापत्र अनलाइन
फाल्गुन १४, २०७७ शुक्रबार
कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीको खुलालुमा बन्ने पुल निर्माणले गति लिएको छ । सम्झौता भएको १२ वर्ष पछि गोरखापत्रको लगातारको निग्रानीले पुल निमार्णले गति लिएको पाइएको छ । गएको पुस महिनामा जिल्ला प्रशासन कार्यालयमा निमार्ण कम्पनी, सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख र कालीकोटका सबै सरोकारवालाबीचको समीक्षाले पुल निमार्णमा थप बल पुगेको हो ।