ढलको फोहोरबाट विद्युत र मल उत्पादन गरिने
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७७ शनिबार
घरबाट निस्कने पानीजन्य फोहोर ढल प्रशोधन गरेर विद्युत तथा मल उत्पादन गर्ने योजना अहिले झापाको दमकमा सुरु भएको छ ।
पहिलो चरण अन्तर्गत ढल व्यवस्थित रुपमा संकलन गर्न पाइपिङ गर्ने काम धमाधम भइरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्र्तगत दमक नगरपालिका ढल निर्माण योजनाको काम अघि बढाइएको हो । प्रत्येक घरबाट उत्पादन हुने सेफ्टि टेङ्क, किचन, वाथरुमको धाराबाट निस्कने फाहोरजन्य पदार्थ विभिन्न क्षेत्रबाट एकै...