कोरोनाले व्यासबासीलाई थपेको पीडा : न पुल बने, न तुईन चले
गोरखापत्र अनलाइन
माघ २२, २०७७ बिहीबार
कोरोना महामारीका कारण गत चैत १० गतेदेखि सीमा नदी महाकालीमा लगाइएका तुइन बन्द गरिएको छ । तुइन रोकिँदा व्यास गाउँपालिकाका स्थानीय अनकन्टार टापुमा बसेजस्तो महसुस गर्न थालेका छन् ।
सरकारी कामकाजमा निस्कदा होस् वा बजार जाँदा, दार्चुलाको व्यासवासीलाई तुइन नचढी सुखै छैन् । तुइनबाट महाकाली नदी तरेर भारतीय बाटो हुँदै उनीहरू सदरमुकाम पुग्छन । व्यास गाउँपालिकाको धौलाकोटमाथिको क्षेत्रबाट सदरमुकाम पुग्न महाकाली तर्नैपर्छ,...