बीस वर्षपछि भूमिहीनले पूर्जा पाउँदै, मालिक हुन पाएकोमा खुशी
गोरखापत्र अनलाइन
माघ १६, २०७७ शुक्रबार
दाङको बबई गाउँपालिकाले भूमिहीनका लागि जग्गा बितरण गर्ने कार्यको थालनी गरेपछि वडा नम्वर ५ का दोलख डाँगी बल्ल सरकार भएको महसुस भएको बताउनुभयो ।
पुस्तौं पुस्तादेखि भूमिहीन भएर बसिरहेको बताउँदै दोलखले तीन दशकपछि जग्गाको मालिक बन्ने सपना पूरा हुन लागेको हर्षित भएको बताउनुभयो । ‘हामी जस्ता भूमिहीनको साहारा भएर सरकार आइदियो’, दोलखले भन्न्ुभयो, ‘हामी पनि कहिले जमिनको मालिक बनौंला र ? भन्ने प्रश्न सधैं मनमा रहने गथ्र्यो...