महामारी टरेको छैन, हतार नगरौँ
गोरखापत्र अनलाइन
माघ ६, २०७७ मंगलवार
विश्वका महामारी तीन वर्षभन्दा अघि कहिल्यै पनि नियन्त्रणमा आएका छैनन् । महामारीमा सकृय हुने भाइरसको अनुवंशमा परिवर्तन भयो भने त्यसलाई म्युटेसन भएको भनिन्छ । आफूलाई जोगाउन भाइरसले निरन्तर आफूलाई म्युटेसन गर्छ । त्यसैगरी भाइरसको आफ्नो स्वरुप परिवर्र्तन गरेसँगै मानिसले आफ्नो रणनीतिलाई परिवर्तन गरे, आफूसँगै आफ्नो मानव समाजलाई जोगाउन सकिने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे भन्नुहुन्छ ।