अनुमति दिन तयार छौँः विभाग, सरकारले सहजीकरण गरे खोप ल्याउछौँः व्यवसायी
गोरखापत्र अनलाइन
पुष २७, २०७७ सोमबार
कोरोनाविरुद्धको खोप ल्याउन निजी क्षेत्रले चाहे औषधि व्यवस्था विभाग अनुमति दिन तयारी अवस्थामा रहेको बताएको छ । खोप ल्याउन निजी कम्पनीहरुले माग गरेमा विभाग तयारी अवस्थामा रहेको जनाएको छ । औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ मा महामारीका रूपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा आपतकालीन प्रयोगको अनुमति...