गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने
रासस
मंसिर १२, २०७७ शुक्रबार
सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ ।
निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको हो ।