‘सुरुका दिनमा चिया रोप्दा धेरैले हाँसाेमा उडाए’
गोरखापत्र अनलाइन
मंसिर ११, २०७७ बिहीबार
चियाको ब्यावसायिक खेती भन्ने वित्तिकै आम नेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवी (केराबारी–२) मा २०५५ देखि स्थानीय नारायण राईले सुरु गर्नु भएको चिया खेती हाल आएर पूर्ण ब्यावसायिक भइसकेको छ ।
विकासको कुनै पूर्वाधार नभएको बेला २२ वर्ष अघि राईले ५० रोपनीमा सुरु गर्नु भएको चिया खेती हाल २५० रोपनीमा विस्तार भएको छ । गाउँमा ब्यावसायिक कामको कुनै सम्भावना नभएको बेला चिया...