'बालबालिकाको शव चिर्दा मन कटक्क खान्छ, आमा हुँ नि म पनि'
जिल्ला समाचार
आश्विन १, २०७७ बिहीबार
बेनी अस्पतालको शवगृहमा जब स–साना बालबालिकाहरुको शव चिर्न पर्छ नि तब म पनि त आमा हुँँ नि मन कटक्क खान्छ । तैपनि मृतकका आफन्तहरु पीडाले छट्पटिदै रुने, कराउने गर्दा भित्र आफूले शव चिर्नु कठिन त पक्कै छ नि । काम गर्नुपूर्व र काम गरेपछि मन त कुँडिन्छ नै तर पनि आफ्नो जिम्मेवारी नै त्यही भएकोले गर्नैपर्छ । यो कुनै चलचित्र वा एकादेशको कथा नभई बेनी अस्पतालको शवगृहमा पोष्टमार्टमको समयमा शव चिर्ने सहयोगी लक्ष्मी किसानको यथार्थ...