पहिरोमा पुरिएर मृत्यु भएका सातको सनाखत
गोरखापत्र अनलाइन
भाद्र २८, २०७७ आईतवार
बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्कमा बेपत्ता भई मृत्यु हुनेहरुको सनाखत भएको छ ।
पहिरोमा परेर बाह्रविसे नगरपालिका ७ की बृद्धा भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल बिक, सन्देश बिक, सर्किनी नेवार, धनलाल नेवार र ट्रयाक्सी शेर्पाको निधन भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।