मास्कका सारथि वीर, जसले बाडेँ २७ हजार मास्क
गोरखापत्र अनलाइन
श्रावण ३०, २०७७ शुक्रबार
जेठ दोस्रो सातादेखि उहाँको दैनिकी फेरिएको छ । जब कोभिड १९को सङ्क्रमण देशभर फैलन थाल्यो अनि ३३ वर्षीय युवा वीरबहादुर खत्री बजार क्षेत्रमा, सडकमा मास्क बाँड्न थाल्नुभयो । बुवा आमाको आशिर्वाद लिएर मास्क बाँँड्न हिँडेका वीर अझै थाक्नुभएको छैन ।
जिल्लाको पूर्वी बजार भालुवाङदेखि पश्चिमी क्षेत्रमा रहेको अर्को बजार हापुरेसम्म पुगेर त्यहाँका बटुवा, किसान, गृहिणी समाजका सबै तह तप्काका व्यक्तिहरूलाई मास्क बाँड्नुभएको...