भदौ १ गतेदेखि आन्तरिकतर्फ दैनिक ४८ उडान हुने, कुन वायुसेवालाई कति ?
रासस
श्रावण २०, २०७७ मंगलवार
आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडान स्वीकृति दिएको जनाइएको छ ।
प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुट) मा ३९ उडान र दुर्गममा हुने उडान (स्टल) का लागि नौ वटा गरी दैनिक ४८ उडानलाई अनुमति दिइएको छ । उडान खुल्ने भएपछि...