कैलालीमा डेढ सय घर डुबानमा, केहीलाई सुरक्षित स्थानमा सारियो
गोरखापत्र अनलाइन ,
श्रावण १४, २०७७ बुधबार
कैलालीमा १५० भन्दा बढी घर डुबानमा परेका छन् । मङ्गलबाररातिबाट भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा बाढी आउँदा डुबान भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकामामात्रै १२० भन्दा बढी घर डुबानमा परेका छन् । सो नगरको वडा नम्बर ५ स्थित जबलपुर गाउँका ५०÷६० घर डुबानमा परी जोखिम बढेपछि घरमा बसेका सबै मान्छेलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभयो । ‘उनीहरुलाई...