महाकाली नदीमा खतराको सङ्केत, जलस्तर ६.५ मिटर पुग्यो
रासस
श्रावण १५, २०७७ बिहीबार
मङ्गलबारदेखि भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । अत्यधिक वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी जलस्तरमापन केन्द्र परीगाउँले सचेत गराएको छ ।
आज बिहान ११ः०० बजे महाकाली नदीमा जलस्तर ६.५ मिटर पुगेको मापन केन्द्रले जनाएको छ । महाकाली नदीमा पानीको जलस्तर ५.८० भन्दा बढी भयो भने चेतावनीको सङ्केत मानिन्छ । दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरसहित चुरे क्षेत्रमा...