प्रसव पीडामा रहेकी अछामकी महिलाको निःशुल्क हवाई उद्धार
गोरखापत्र अनलाइन
असार २९, २०७७ सोमबार
सुत्केरी व्यथा लागेर अर्धबेहोस रहेकी पञ्चदेवल विनायक नगरपालिकाकी एक महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ । शनिबारबाट सुत्केरी व्यथा लागेर आइतबार बिहान अछाम जिल्ला अस्पताल पुर्याइएकी पञ्चदेवल विनायक नगरपालिका–८, बारलाकी २१ वर्षीया रमना विकलाई मङ्गलसेनबाट सुर्खेत हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
गर्भवती अर्धबेहोस भएका कारण जिल्लामा सुत्केरी गराउन जोखिम...