पाँच प्रहरीमा काेरोना सङ्क्रमण, गैँडाकोट नगरपालिका सील
गोरखापत्र अनलाइन
श्रावण २, २०७७ शुक्रबार
पूर्वी नवलपरासीमा पहिलो पटक गैँडाकोट नगरपालिकामा कोरोना सङ्क्रमित भेटिएपछि एक हप्ताका लागि गैँडाकोट नगरपालिका सील गरिएको छ ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत पाँच सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमणको पुष्टि भएपछि त्यहाँ कार्यरत सबै प्रहरीहरूलाई जिल्ला प्रहरीमा स्थानतरण गरी जिल्ला प्रहरीले नयाँ टोली पठाएको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।