डाेटीमा ३४ जना कोरोना सङ्क्रमित निकाे भए
रासस
असार १०, २०७७ बुधबार
डोटी जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका १४० जनामध्ये ३४ जनालाई डिस्चार्ज गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीका अनुसार कोरोना सङ्क्रमण पुष्टि भई जिल्लाका विभिन्न स्थानमा तयार पारिएका आइसोलेसनमा बस्दैआएका चार महिला र ३० पुरुष गरी ३४ जनालाई डिस्चार्ज गरिएको छ ।
डिस्चार्ज गरिएकाहरूमध्येमा डोटीको दिपायल सिलगढी नगरपालिका दुई पुरुष, शिखर नगरपालिकाका एक महिला र १७ पुरुष, पुर्वाचौकी...