चट्याङ लागेर विभिन्र स्थानमा सात जनाको मृत्यु, तीन घाइते
गोरखापत्र अनलाइन
असार ११, २०७७ बिहीबार
सप्तरीमा बिहीबार बिहान छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङमा परेर जिल्लाको महदेवा गाउँपालिकामा दुई जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।