आइएफआरसीको सर्वोच्च पद ‘महासचिव’ सम्हाल्ने पहिलो नेपाली
रासस
माघ १३, २०७६ सोमबार
‘मलम लगाऊ आर्तहरुको, चहराइरहेको घाउ ।।।।’ महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भन्नुभयो, “यहीभित्र छ – मेरो जीवन । संसारिक सुख ।”
हँसिलो स्वाभाव छ– उहाँको । कपाल सेतो हुन बाँकी छैन । शरीर खाइलाग्दो छ । हेर्दा लाग्छ– उहाँ भर्खरको तन्नेरी हुनुहुन्छ ।