‘अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार’
रासस
माघ ८, २०७६ बुधबार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ सङ्कल्पका साथ लागिपरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने जो कसैलाई पनि कारवाही गरिने बताउनुभयो ।