उप सभामुखद्वारा मार्ग प्रशस्त गर्ने घोषणा, अर्को बैठक ४ बजे
गोरखापत्र अनलाइन ,
माघ ६, २०७६ सोमबार
सोमबार प्रतिनिधिसभाको दुई वटा बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा उप सभामुख डा.शिवमाया तुम्बाहाङफेले केही समय अघि सञ्चालन गर्नुभएको थियो । उहाँले सो बैठकमा बोल्दै असहज परिस्थितिका कारण संसद अबरुद्ध भएको र यस्तो परिस्थिति कायम हुनु हुँदैन भनेर आफूले मार्ग प्रसस्त गर्ने निर्णय गरेको बताउनुभयो ।